सांसद बोहराको निधनमा शोक प्रस्ताव पारित गरेर राष्टिय सभाको बैठक स्थगित

आजको बैठक राष्ट्रियसभाका सदस्य बलदेव बोहराको निधनमा शोक प्रस्ताव पारित गरेर सकिएको छ ।

काठमाडौं । राष्ट्रियसभाको १९औं अधिवेशन आजदेखि शुरु भएको छ । सिंहदरबारस्थित संसद सचिवालयमै राष्ट्रियसभाका निम्ति तयार गरिएको हलमा बैठक बसेको हो ।

आजको बैठक राष्ट्रियसभाका सदस्य बलदेव बोहराको निधनमा शोक प्रस्ताव पारित गरेर सकिएको छ ।

शोक प्रस्ताव पारितसँगै बैठक अब शुक्रबार माघ ९ बस्ने गरी बैठक स्थगित गरिएको छ ।

गएको भदौ २३ र २४ गतेको जेनजी आन्दोलनका क्रममा नयाँ बानेश्वरस्थित संसद् भवनमा आगजनी भएपछि सिंहदरबारस्थित संसद सचिवालयमै राष्ट्रिय सभाको बैठक बस्ने गरी तयारी गरिएको थियो ।