काठमाडौंका मेयर बालेन आए जाँचबुझ आयोगको राडारमा, दिए लिखित जवाफ

भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनपछि गठन भएको आयोगलाई बालेनले लिखित जवाफ पठाएका छन् । यसअघि नेकपा एमालेका अध्यक्ष तथा तत्कालिन प्रधानमन्त्री केपी शर्मा ओलीले पनि लिखित जवाफ पठाएका थिए ।

काठमाडौं । काठमाडौं महानगरपालिकाका प्रमुख (मेयर) बालेन्द्र (बालेन) शाह जाँचबुझ आयोगको राडारमा आएका छन् । भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनपछि गठन भएको आयोगलाई बालेनले लिखित जवाफ पठाएका छन् ।

आयोगले पठाएको प्रश्नको जवाफ शाहले पठाएको आयोग प्रवक्ता विज्ञानराज शर्माले बताए । यसअघि नेकपा एमालेका अध्यक्ष तथा तत्कालिन प्रधानमन्त्री केपी शर्मा ओलीले पनि लिखित जवाफ पठाएका थिए ।