६ जिल्लाका सीडीओ फेरिए, यी हुन सरुवा भएका १३ सहसचिव
गृहमन्त्री ओमप्रकाश अर्यालले शुक्रबार मन्त्रीस्तरीय निर्णय गर्दै केहि दिन अघि विभिन्न मन्त्रालयबाट सरुवा भएर गृह मन्त्रालय भित्रिएका ७ जना सहसचिवमध्ये ६ जनालाई विभिन्न जिल्लाको प्रमुख जिल्ला अधिकारीको जिम्मेवारी सुम्पिएका हुन् ।
काठमाडौं । गृह मन्त्रालयले ६ जिल्लाका प्रमुख जिल्ला अधिकारी (सीडीओ) सहित १३ जना सहसचिवको सरुवा गरेको छ ।
गृहमन्त्री ओमप्रकाश अर्यालले शुक्रबार मन्त्रीस्तरीय निर्णय गर्दै केहि दिन अघि विभिन्न मन्त्रालयबाट सरुवा भएर गृह मन्त्रालय भित्रिएका ७ जना सहसचिवमध्ये ६ जनालाई विभिन्न जिल्लाको प्रमुख जिल्ला अधिकारीको जिम्मेवारी सुम्पिएका हुन् ।
गृहमन्त्री अर्यालले सहसचिव शशिकुमार घिमिरेलाई कारागार व्यवस्थापन विभागको महानिर्देशकको जिम्मेवारी दिएका छन् ।
यस्तो छ सरुवा हुने र जिम्मेवारी पाउने सहसचिवहरुको सूची