हिमालयन लाइफको नयाँ बोनसदर घोषणा, बीमितले अधिकतम ८६ रूपैयाँसम्म बोनस पाउने
हिमालयन लाइफका अनुसार बीमितले न्यूनतम प्रतिवर्ष प्रतिहजार ३० देखि अधिकतम ८६ रूपैयाँसम्म बोनसदर पाउनेछन् ।
काठमाडौं । हिमालयन लाइफ इन्स्योरेन्सले आर्थिक वर्ष (आव) २०८१/८२ का लागि नयाँ बोनसदर घोषणा गरेको छ ।
कम्पनीले आव २०८१/८२ को आर्थिक स्थितिको लेखाजोखा र दायित्वको मूल्यांकन सम्बन्धि बीमांककीय प्रतिवेदन नियामक निकाय बीमा प्राधिकरणबाट स्वीकृती भएबमोजिम बोनसदर सार्वजनिक गरेको हो ।
कम्पनीले सार्वजनिक गरेको बोनसदर अनुसार बीमितले न्यूनतम प्रतिवर्ष प्रति हजार ३० रुपैयाँदेखि अधिकतम ८६ रूपैयाँसम्म बोनस पाउनेछन् ।
यस्तो छ, बीमालेखअनुसार बोनस दर