पाल्पा सिमेन्ट इन्डष्ट्रिज पायो आइपीओ अनुमति, ७५ करोडको सेयर बिक्री गर्ने
पाल्पा सिमेन्टले अंकित मूल्य १०० रुपैयाँ दरमा चुक्ता पुँजीको २० प्रतिशतले हुन आउने ७५ करोड रुपैयाँको ७५ लाख कित्ता सेयर निष्कासन गर्न लागेको छ ।
काठमाडौं । पाल्पा सिमेन्ट इन्डष्ट्रिजले आइपीओ जारी गर्ने अनुमति पाएको छ ।
कम्पनीलाई नेपाल धितोपत्र बोर्ड (सेबोन)ले सेयर निष्कासनको अनुमति दिएको हो । पाल्पा सिमेन्टले २०८१ वैशाख २३ मा आइपीओ अनुमतिको माग गर्दै आवेदन दिएको थियो । कम्पनीले अंकित मूल्य १०० रुपैयाँ दरमा चुक्ता पुँजीको २० प्रतिशतले हुन आउने ७५ करोड रुपैयाँको ७५ लाख कित्ता सेयर निष्कासन गर्न लागेको छ ।
कम्पनीको सेयर निष्कासन तथा बिक्री प्रबन्धक नबिल इन्भेष्टमेन्ट बैंकिङ छ । पाल्पा सिमेन्ट इन्डष्ट्रिजमा आरएमसी ग्रुपको लगानी छ । कम्पनीले ओपीसी र पीपीसी सिमेन्ट उत्पादन गरिरहेको छ ।