प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सको ८.४२ प्रतिशत लाभांश घोषणा
आर्थिक वर्ष २०८१/८२ को नाफाबाट सेयरधनीलाई चुक्ता पुँजीको ८.४२ प्रतिशत प्रतिफल वितरण गर्ने निर्णय गरेको छ । इन्स्योरेन्सले कर प्रयोजनसहित ४.४२ प्रतिशत नगद र ४ प्रतिशत बोनस सेयर वितरण गर्ने भएको हो ।
काठमाडौं। प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सले लाभांश घोषणा गरेको छ। इन्स्योरेन्सको सञ्चालक समिति बैठकले आर्थिक वर्ष २०८१/८२ को नाफाबाट सेयरधनीलाई चुक्ता पुँजीको ८.४२ प्रतिशत प्रतिफल वितरण गर्ने निर्णय गरेको छ ।
इन्स्योरेन्सले कर प्रयोजनसहित ४.४२ प्रतिशत नगद र ४ प्रतिशत बोनस सेयर वितरण गर्ने भएको हो । नेपाल बीमा प्राधिकरणको स्वीकृति र कम्पनीको साधारण सभाबाट पारित भएपछि सेयरधनीले प्रतिफल पाउनेछन् ।
इन्स्योरेन्सले आर्थिक वर्ष २०८०/८१ मा ८ प्रतिशत र २०८९/८० मा १० प्रतिशत बोनस सेयर वितरण गरेको थियो।