नेशनल लाईफको सीईओ क्लब सदस्य सम्मान कार्यक्रम सम्पन्न

आर्थिक वर्ष २०८१/८२ मा तोकिएको बीमाशुल्क संकलन गरी कर्णालीबाट ११५ जना र सुदुरपश्चिमबाट १६१ जना अभिकर्ताहरु, विभागिय प्रमुखहरु, प्रदेश प्रमुख एवं लुम्बिनी प्रदेशका शाखा कार्यालयका प्रमुखहरुको सहभागितामा कम्पनीले सीईओ क्लब सदस्य बन्न सफल अभिकर्ताहरुलाई सम्मान गरेको हो ।

काठमाडौं । नेशनल लाईफ इन्स्योरेन्स कम्पनीले कम्पनीका प्रमुख कार्यकारी अधिकृतको सभापतित्वमा सिईओ क्लब सदस्य सम्मान कार्यक्रम सम्पन्न गरेको छ ।

आर्थिक वर्ष २०८१/८२ मा तोकिएको बीमाशुल्क संकलन गरी कर्णाली प्रदेशबाट योग्य भएका ११५ जना अभिकर्ताहरु र सुदुरपश्चिम प्रदेशबाट योग्य भएका १६१ जना अभिकर्ताहरु, विभागिय प्रमुखहरु, प्रदेश प्रमुख एवं लुम्बिनी प्रदेश अन्तर्गत रहेका शाखा कार्यालयका शाखा प्रमुखहरुको सहभागितामा कम्पनीले सीईओ क्लब सदस्य बन्न सफल अभिकर्ताहरुलाई सम्मान गरेको हो ।

प्रमुख कार्यकारी अधिकृत सुरेश प्रसाद खत्रीले कर्णाली तथा सुदुरपश्चिम प्रदेशबाट सीईओ क्लबका सदस्य हुन सफल अभिकर्ताहरुलाई सीईओे क्बलको सदस्यता वितरण तथा सम्मान गरिएको थियो । ती प्रदेशहरुबाट आफ्नो कोडमा र संजलमा प्रथम द्वित्तिय र तृत्तिय हुन सफल अभिकर्ताहरुलाई विशेष सम्मान तथा पुरस्कृत गरिएको थियो ।

त्यस अवसरमा सीईओले कर्णाली र सुदुरपश्चिम प्रदेशबाट नेशनल रत्न तथा नेशनल स्टार विजेता अभिकर्ताहरुलाई नेशनल लाईफ लोगो अंकित चाँदीको मेडल, सर्टिफिकेटबाट सम्मान गरे । सीईओ क्लब र नेशनल अवार्ड अन्तर्गत योग्य हुने अभिकर्ताहरुलाई प्रदेश स्तरिय रुपमा सम्मान कार्यक्रम सम्पन्न गर्दै लैजाने कम्पनीको योजना अनुरुप गण्डकी प्रदेशमा पहिलो सम्मान कार्यक्रम सम्पन्न गरिसकेको छ ।

दोस्रो कार्यक्रम अन्तर्गत कर्णाली र सुदुरपश्चिम प्रदेशबाट छनौट भएका अभिकर्ताहरुलाई सम्मान गरिएको छ । अन्य प्रदेशहरुमा पनि निरन्तर कार्यक्रम गर्दै जाने बारेमा जानकारी गराए । उनलले कम्पनीले अभिकर्तामैत्री स्किमहरु ल्याउने क्रममा सिईओ क्लब सदस्यता योजना ल्याइएको र यसमा नेपालभरबाट १६ सय जना भन्दा बढि अभिकर्ताहरु छनौट हुन सफल भएकोमा यो योजना अत्यन्तै सफल भएको बताए ।