नेको इन्स्योरेन्सले ल्यायो विदेश अध्ययन गर्न जानेहरुका लागि १६० डलरमै 'स्टुडेन्ट इन्टरनेश्नल हेल्थ प्लस' बीमा योजना

स्टुडेन्ट इन्टरनेश्नल हेल्थ प्लस बीमा योजनामा विद्यार्थी मात्र नभई अभिभावकहरुको समेत जोखिम बहन गर्ने लगायतका विभिन्न ७ वटा फाइदा रहेको छ । कम्पनीले विदेश अध्ययन गर्न जाने विद्यार्थीका लागि १६० अमेरिकी डलर प्रिमियम तोकेको छ ।

काठमाडौं । नेको इन्स्योरेन्सले 'स्टुडेन्ट इन्टरनेश्नल हेल्थ प्लस' बीमा योजना सार्वजनिक गरेको छ । विदेश अध्ययन गर्न जाने विद्यार्थीहरुलाई लक्षित गर्दै कम्पनीले स्टुडेन्ट इन्टरनेश्नल हेल्थ प्लस बीमा योजना सार्वजनिक गरेको हो ।

बीमा योजनाले विद्यार्थी मात्रै नभई अभिभावकहरुको समेत जोखिम बहन गर्नेछ । कम्पनीले सार्वजनिक गरेको बीमा योजनामा विभिन्न ७ वटा फाइदा फाइदा रहेको उल्लेख छ । कम्पनीले विदेश अध्ययन गर्न जाने विद्यार्थीका लागि १६० अमेरिकी डलर (२२ हजार ९०७ रुपैयाँ) प्रिमियम तोकेको छ ।

यो योजना अन्तर्गत विद्यार्थीको ट्यूशन फी ५० हजार डलर, लिभिङ कष्ट २५ सय डलर, २५ हजार डलर बराबरको स्वास्थ्य बीमा प्राप्त गर्न सकिनेछ । व्यक्तिगत दुर्घटना बीमाका लागि २५ हजार डलर बराबरको सुविधा पाइनेछ ।

विद्यार्थीको मृत्यु भएमा २ हजार डलरसम्मको सदगती सहयोग गर्नेछ । १ लाख ५० हजारसम्मको लोन किस्ता सुविधा प्राप्त हुनेछ । ५० हजार डलरसम्मको परिवारको सदस्यहरुको व्यक्तिगत hLवन बीमा हुनेछ ।

उच्च शिक्षाका लागि विदेश अध्ययन गर्न जानेका लागि एउटै बीमा लेखबाट ७ वटा सुविधा उपलब्ध गराउनेगरी योजना ल्याइएको नेको इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत (सिइओ) अशोक कुमार खड्काले बताए ।

उनले भने, 'वैदेशिक अध्ययनमा जानेका लागि यो बीमा योजना सबैभन्दा उत्कृष्ट बीमा योजना हो, यसबाट ढुक्क भएर विद्यार्थी तथा अभिभावकहरु वैदेशिक अध्ययनमा जान सक्नेछन्।'