सर्वोत्तम सिमेन्टले २० प्रतिशत लाभांश वितरण गर्ने, बोनस र नगद कति?
कम्पनीले हाल कायम चुक्ता पूँजीको २० प्रतिशतका दरले लाभांश वितरण गर्ने घोषणा गरेको हो । सोमध्ये ५ प्रतिशत बोनस सेयर रहेको छ भने १५ प्रतिशत नगद लाभांश (कर प्रयोजनार्थसहित) रहेको छ ।
सर्वोत्तम सिमेन्टले गत आर्थिक वर्षको नाफाबाट सेयरधनीहरुलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ ।
कम्पनीले हाल कायम चुक्ता पूँजीको २० प्रतिशतका दरले लाभांश वितरण गर्ने घोषणा गरेको हो । सोमध्ये ५ प्रतिशत बोनस सेयर रहेको छ भने १५ प्रतिशत नगद लाभांश (कर प्रयोजनार्थसहित) रहेको छ ।
कात्तिक २८ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले घोषणा गरेको लाभांश आगामी वार्षिक साधारणसभाबाट पारित भएपश्चात वितरण गरिनेछ।