आशा लघुवित्तको लाभांश घोषणा, बोनस र नगद कति ?
लघुवित्तले हाल कायम चुक्ता पूँजीको ९.५ प्रतिशत बोनस सेयर र सोको कर प्रयोजनार्थ ०.५ प्रतिशत नगद लाभांश वितरण गर्ने घोषणा गरेको हो ।
काठमाडौं । आशा लघुवित्त वित्तीय संस्थाले गत आर्थिक वर्षको नाफबाट सेयरधनीहरुलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ ।
लघुवित्तले हाल कायम चुक्ता पूँजीको ९.५ प्रतिशत बोनस सेयर र सोको कर प्रयोजनार्थ ०.५ प्रतिशत नगद लाभांश वितरण गर्ने घोषणा गरेको हो ।
कात्तिक २८ गते बसेको लघुवित्तको सञ्चालक समितिको बैठकले घोषणा गरेको लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृत भई आगामी वार्षिक साधारणसभाले पारित गरेपश्चात वितरण गरिनेछ ।