साना किसान विकास लघुवित्तद्धारा १५ प्रतिशत लाभांश घोषणा, नगद र बोनस सेयर कति ?

कम्पनीको सञ्चालक समितिको बुधबार बिहान बसेको बैठकको निर्णय अनुसार सेयरधनीले हाल कायम चुक्ता पुँजीको १४.२५ प्रतिशत बोनस सेयर पाउनेछन् भने ०.७५ प्रतिशतनगद लाभांश कर प्रयोजनका लागि छुट्याइएको छ ।

काठमाडौं । साना किसान विकास लघुवित्त वित्तीय संस्थाले गत आर्थिक वर्षको नाफाबाट सेयरधनीलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ ।

कम्पनीको सञ्चालक समितिको बुधबार बिहान बसेको बैठकको निर्णय अनुसार सेयरधनीले हाल कायम चुक्ता पुँजीको १४.२५ प्रतिशत बोनस सेयर पाउनेछन् भने ०.७५ प्रतिशतनगद लाभांश कर प्रयोजनका लागि छुट्याइएको छ । साना किसानको चुक्ता पुँजी हाल ४ अर्ब ३१ करोड २६ लाख रुपैयाँ छ ।

नेपाल राष्ट्र बैंकबाट स्वीकृत भई कम्पनीको आगामी वार्षिक साधारण सभाले पारित गरेपश्चात सेयरधनीले लाभांश पाउनेछन् ।