सूर्यज्योति लाइफको बाँकेको खजुरा र मुगुको गमगढिमा नयाँ शाखा

सूर्यज्योतिले देशभरीका १७५ शाखा कार्यालयहरु मार्फत आफ्ना बिमितहरुलाई सेवा प्रदान गरिरहेको छ ।

काठमाडौं । सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनीले बाँके जिल्लाको खजुरा र हिमाली क्षेत्र मुगु जिल्लाको गमगढिमा आफ्नो शाखा विस्तार गरेको छ । कम्पनीले आफ्ना ग्राहकहरुको आवश्यकता र सुविधालाई मध्ये नजर गर्दै आम जनता माझ बीमाको सहज पहुँच पुगोस् भन्ने हेतुले शाखा विस्तार गरेको हो ।

यी दुई शाखाहरुको विधिवत उद्घाटन कम्पनीका नायव प्रमुख कार्यकारी अधिकृत फर्सुराम मरासिनीले गरेका हुन् । हाल सूर्यज्योतिले देशभरीका १७५ शाखा कार्यालयहरु मार्फत आफ्ना बिमितहरुलाई सेवा प्रदान गरिरहेको छ ।

सूर्यज्योति लाइफले बीमा क्षेत्रमै ३५ घातक रोगहरु विरुद्ध ५० लाख रुपैयाँसम्मको उपचार खर्चको सुविधा दिँदै आईरहेको छ ।