माउन्टेन इनर्जीको लाभांश घोषणा, मंसिर २९ गते साधारणसभा
मंसिर १६ गतेसम्म नेप्सेमा कारोबार भइ कायम सेयरधनीहरुले कम्पनीको साधारण सभामा सहभागिता जनाउन तथा कम्पनीले वितरण गर्ने लाभांश प्राप्त गर्न सक्नेछन् ।
काठमाडौं । माउन्टेन इनर्जी नेपालले गत आर्थिक वर्षको नाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ ।
कात्तिक २० गते बसेको कम्पनीको सञ्चालक समिति बैठकले हाल कायम चुक्ता पूँजीको २० प्रतिशत बोनस शेयर र सोको कर प्रयोजनार्थ १.०५२६ प्रतिशत नगद लाभांश वितरण गर्ने घोषणा गरेको हो ।
सञ्चालक समिति बैठकले लाभांश प्रस्ताव पारित गर्न मंसिर २९ गते साधारणसभा बोलाएको छ ।
साधारणसभा तथा लाभांश वितरण प्रयोजनार्थ कम्पनीले मंसिर १७ गते एक दिनका लागि बुकक्लोज गर्ने भएको छ । यस अनुसार मंसिर १६ गतेसम्म नेप्सेमा कारोबार भइ कायम सेयरधनीहरुले कम्पनीको साधारण सभामा सहभागिता जनाउन तथा कम्पनीले वितरण गर्ने लाभांश प्राप्त गर्न सक्नेछन् ।
विद्युत नियमन आयोगबाट स्वीकृत भई आगामी वार्षिक साधारणसभाले पारित गरेपश्चात लाभांश वितरण गरिनेछ ।