कृषि विकास बैंकद्धारा १३ प्रतिशत लाभांश घोषणा, अग्राधिकार सेयरलाई ६ प्रतिशत

हाल कायम चुक्ता पुँजीको १३ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको हो । जसमध्ये ३.२५ प्रतिशत बोनस सेयर रहेको छ भने ९.७५ प्रतिशत नगद लाभांश (कर प्रयोजनार्थसहित) रहेको छ ।

काठमाडौं । कृषि विकास बैंकले गत आर्थिक वर्षको नाफाबाट सेयरधनीहरूलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ । कात्तिक १९ गते बसेको बैंकको सञ्चालक समितिको बैठकले हाल कायम चुक्ता पुँजीको १३ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको हो । जसमध्ये ३.२५ प्रतिशत बोनस सेयर रहेको छ भने ९.७५ प्रतिशत नगद लाभांश (कर प्रयोजनार्थसहित) रहेको छ ।

यसका साथै सो बैठकले हाल कायम भएको फिर्ता नहुने अग्राधिकार सेयर पुँजीमा समेत वार्षिक ६ प्रतिशतले हुन आउने नगद लाभांश वितरण गर्ने निर्णय पनि गरेको छ । नेपाल राष्ट्र बैंकबाट स्वीकृत भई आगामी वार्षिक साधारण सभाले पारित गरेपश्चात् सो लाभांश वितरण गरिनेछ ।