सुन-चाँदीको मूल्य घट्यो, कति छ आजको बजार मूल्य
आज छापावाला सुनको मूल्य प्रतितोला १ हजार १०० रुपैयाँले घटेको हो । पछिल्लो केही दिनयता सुन–चाँदीको मूल्यमा निरन्तर गिरावट आइरहेको छ ।
काठमाडौं । नेपाली बजारमा बुधबार पनि सुन र चाँदीको मूल्य घटेको छ । आज छापावाला सुनको मूल्य प्रतितोला १ हजार १०० रुपैयाँले घटेको हो ।
पछिल्लो केही दिनयता सुन–चाँदीको मूल्यमा निरन्तर गिरावट आइरहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला २ लाख ३७ हजार २०० रुपैयाँमा कारोबार भइरहेको छ । मंगलबारको बजारमा छापावाल सुन प्रतितोला २ लाख ३८ हजार ३०० रुपैयाँमा कारोबार भएको थियो ।
यसैगरी, आज चाँदी पनि तोलामा २५ रुपैयाँ घटेको छ । आज चाँदी प्रतितोला २ हजार ९ सय ९० रुपैयाँमा खरिदबिक्री भइरहेको छ । मंगलबार चाँदी प्रतितोला ३ हजार १५ रुपैयाँमा कारोबार भएको थियो ।