आइतबार सुनचाँदीको मूल्य स्थिर
शुक्रबार प्रतितोला पाँच हजार नौ सय रूपैयाँ घटेको सुनको मूल्य आज भने स्थिर रहेको हो ।
काठमाडौं । नेपाली बजारमा आज (आइतबार) सुन-चाँदीको मूल्य स्थिर छ । शुक्रबार प्रतितोला पाँच हजार नौ सय रूपैयाँ घटेको सुनको मूल्य आज भने स्थिर रहेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला दुई लाख ८३ हजार रूपैयाँमा किनबेच भइरहेको छ । शुक्रबार पनि सुन प्रतितोला सोही मूल्यमा कारोबार भएको थियो ।
यस्तै, आइतबार चाँदीको मूल्य पनि स्थिर छ। शुक्रबार प्रतितोला तीन हजार आठ सय १० रूपैयाँमा कारोबार भएको चाँदी आज पनि सोही मूल्यमा किनबेच भइरहेको छ ।