पूर्वबैंकर कमल ज्ञवालीलाई छाड्न सर्वोच्चको परमादेश

ऋण दूरुपयोग अभियोगमा उच्च अदालत अन्तर्गतको वाणिज्य इजलास पाटनले ज्ञवाली र उनकी श्रीमती गौरीलाई २०७३ असोजमा ३ वर्ष जेल र १२ करोड ५० लाख रुपैयाँ जरिवानाको सजाय सुनाएको थियो ।

काठमाडौं । सात वर्षदेखि जेलमा रहेका पूर्वबैंकर कमलप्रसाद ज्ञवालीलाई छाड्न अदालतले परमादेश जारी गरेको छ ।

श्रीमती गौरी खनाल ज्ञवालीले सर्बोच्च अदालतमा बन्दीप्रत्यक्षीकरण रिट दायर गरेकी थिइन् । न्यायाधिसहरु हरिप्रसाद फुयाल र अव्दुल अजीज मुसलमानको संयुक्त इजलासले सोमबार परमादेश जारी गरेको हो । ऋण दूरुपयोग अभियोगमा उच्च अदालत अन्तर्गतको वाणिज्य इजलास पाटनले ज्ञवाली र उनकी श्रीमती गौरीलाई २०७३ असोजमा ३ वर्ष जेल १२ करोड ५० लाख रुपैयाँ जरिवानाको सजाय सुनाएको थियो ।

जम्को प्रकाशनका नाममा तत्कालिन सिद्धार्थ डेभलपमेन्ट बैंकबाट साढे १२ करोड रुपैयाँ ऋण लिई कर्जा अपचलन गरेको अभियोगमा पुनरावेदन अदालत पाटनले ज्ञवाली दम्पत्तीलाई दोषी ठहर गरेको थियो । ज्ञवाली दम्पतीलाई ३/३ वर्ष जेल सजाय र ६ करोड २५ लाख/६ करोड २५ लाख रुपैयाँ बिगो जरिवानाको फैसला भएको थियो ।