माबिलुङ इनर्जीको आइपीओ नेप्सेमा सूचीकृत, पहिलो कारोबार मूल्य कति ?

कम्पनीको आइपीओ नेप्सेमा सूचीकरण भएसँगै भोलिदेखि कारोबारमा आउनेछ। नेप्सेले कम्पनीको सेयर कारोबारका लागि ‌ओपनिङ रेन्ज १०५.९० देखि ३१७.७० रुपैयाँ दिएको छ ।

काठमाडौं । माबिलुङ इनर्जी लिमिटेडको आइपीओ नेपाल स्टक एक्सचेन्जमा सूचीकृत भएको छ। सोमबार नेपाल स्टक एक्सचेन्ज र माबिलुङ इनर्जीबीच सेयर सूचीकरण सम्झौता भएको हो ।

माबिलुङको सेयर सूचीकरणसँगै नेप्सेमा ३८ लाख ५८ हजार २४० कित्ता सेयर थपिएको छ । कम्पनीको सूचीकृत सेयर मध्ये १८ लाख ९० हजार ५३० कित्ता साधारण सेयर हो ।

बाँकी ५१ प्रतिशतले हुन आउने १९ लाख ६७ हजार ७१० कित्ता सेयर संस्थापक हो । माबिलुङले प्रति कित्ता अंकित मूल्य १०० रुपैयाँमा सेयर निष्कासन गरेको थियो ।

कम्पनीको आइपीओ नेप्सेमा सूचीकरण भएसँगै भोलिदेखि कारोबारमा आउनेछ। नेप्सेले कम्पनीको सेयर कारोबारका लागि ‌ओपनिङ रेन्ज १०५.९० देखि ३१७.७० रुपैयाँ दिएको छ ।

कम्पनीको नेटवर्थको तीन गुणासम्म नेप्सेले आइपीओ निष्कासनपछि पहिलो कारोबार मूल्य दिने गरेको छ ।