आरएसडिसी लघुवित्तद्वारा लाभांश घोषणा, मंसिर १२ गते साधारणसभा
काठमाडौँ । आरएसडिसी लघुवित्त वित्तीय संस्थाले लाभांश घोषणा गरेको छ । कम्पनीको कात्तिक १५ गते बसेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्ष २०८१।८२ को नाफाबाट आफ्ना शेयरधनीहरुलाई चुक्तापूँजीको ८ प्रतिशत नगद (८ करोड २७ लाख २५ हजार रुपैयाँ) लाभांश (करसहित) दिने निर्णय गरेको हो ।
कम्पनीको प्रस्ताव पारितका लागि १२औं वार्षिक साधारणसभा मंसिर १२ गते बुटवलमा बस्ने गरी बोलाएको छ । जसका लागि कम्पनीले कात्तिक २५ गते बुक क्लोजको मिति तय भएको छ ।