सोल्टीले सेयरधनीलाई ३१.५७ प्रतिशत लाभांश दिने, नगद र बोनस कति ?
होटलले लाभांश प्रस्ताव पारित गर्न मंसिर २८ गते वार्षिक साधारण सभा बोलाएको छ । कम्पनीले बुक क्लोज मंसिर ५ देखि २८ गतेसम्म तोकेको छ । बुक क्लोजअघि कायम सेयरधनीले मात्रै लाभांश पाउनेछन् ।
काठमाडौं । सोल्टी होटलले लाभांश घोषणा गरेको छ । होटलको मंगलबार बसेको सञ्चालक समिति बैठकले सेयरधनीलाई प्रतिफल दिने निर्णय गरेको हो ।
कम्पनीका सेयरधनीले आर्थिक वर्ष २०८१/८२ को नाफाबाट नगद र बोनस सेयर गरेर ३१.५७ प्रतिशत प्रतिफल पाउनेछन् । होटलले चुक्ता पुँजीको १६.५७ प्रतिशतले हुन आउने १६ करोड ९४ लाख १४ हजार ७८ रुपैयाँले नगद लाभांश घोषणा गरेको छ । त्यस्तै, चुक्ता पुँजीको १५ प्रतिशत बोनस सेयर वितरण गर्ने भएको छ ।
होटलले लाभांश प्रस्ताव पारित गर्न मंसिर २८ गते वार्षिक साधारण सभा बोलाएको छ । कम्पनीले बुक क्लोज मंसिर ५ देखि २८ गतेसम्म तोकेको छ । बुक क्लोजअघि कायम सेयरधनीले मात्रै लाभांश पाउनेछन् ।