सर्वोच्चमा प्रतिनिधिसभा विघटनविरुद्ध बहस भइरहँदा मन्त्रिपरिषद बैठक सुरु, कुलमानबाहेकका मन्त्री सहभागि

आजैदेखी प्रतिनिधि सभा विघटनविरुद्धको मुद्दामा सर्वोच्च अदालतको संवैधानिक इजलासमा बहस भइरहेको छ । इजलासमा बहस प्रतिनिधिसभा विघटनविरुद्ध अन्तरिम आदेश जारी हुन पर्ने कि नपर्ने भन्नेमा केन्द्रित छ ।

काठमाडौं । मन्त्रिपरिषद् बैठक सुरु भएको छ । प्रधानमन्त्री सुशीला कार्कीले तेस्रोपटक मन्त्रिपरिषद् विस्तार गरेपछि प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय सिंहदरबारमा पहिलो पटक बैठक बसिरहेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

बैठकमा सहरी विकास, ऊर्जा, जलस्रोत तथा सिँचाइ र भौतिक पूर्वाधार तथा यातायात मन्त्री कुलमान घिसिङबाहेकका मन्त्रीहरू सहभागी भएको बताइएको छ ।

उता, आजैदेखी  प्रतिनिधि सभा विघटनविरुद्धको मुद्दामा सर्वोच्च अदालतको संवैधानिक इजलासमा बहस भइरहेको छ ।  इजलासमा बहस प्रतिनिधिसभा विघटनविरुद्ध अन्तरिम आदेश जारी हुन पर्ने कि नपर्ने भन्नेमा केन्द्रित छ ।

भदौ २३ र २४ गते भएको जेनजी विद्रोहपछि तत्कालिन प्रधानमन्त्री केपी शर्माओलीले राजीनामा दिएसँगै राष्ट्रपति रामचन्द्र पौडेलले भदौ २६ गते प्रतिनिधिसभा विघटन गरि पूर्वप्रधानन्यायधिस रहेकी कार्कीलाई प्रधानमन्त्री बनाएर आगामी फागुन २१ गते प्रतिनिधिसभाको निर्वाचन गर्ने कार्यभार सुम्पिएका थिए ।

प्रधानमन्त्री कार्कीले गत आइतबार मात्रै तेस्रो पटक मन्त्रिपरिषद विस्तार गरेकी थिइन । उता। प्रतिनिधिसभा विघटन अवैधानिक भएको भन्दै परेका १६ ओटा रिटमाथी आजबाट संवैधानिक इजलासमा बहस भइरहेको छ ।