तिहारअघि १६ अंक बढ्यो सेयर बजार, ३ अर्बमुनि खुम्चियो कारोबार

१६३ कम्पनीको मूल्य बढ्दा ७८ को घट्यो भने ८ को स्थिर रह्यो । आज आत्मनिर्भर लघुवित्त र हिमालयन पावर पार्टनरको मूल्य १० प्रतिशत बढ्यो । त्यस्तै भगवती हाइड्रोपावरको ९.८८, एसियन हाइड्रोपावरको ७.८० तथा अभियान लघुवित्तको ६.०१ प्रतिशत मूल्य बढ्यो ।

काठमाडौं । तिहारअघिको अन्तिम कारोबार दिन आइतबार  सेयर बजार सूचक नेपाल स्टक एक्सचेन्ज (नेप्से)  १६.६७ अंक बढेर २५०३ .८५  अंक कायम भएको छ । नेप्से बढे पनि कारोबार रकम घटेको छ । गत बिहीबार ३ अर्ब २७ करोडको कारोबार भएकोमा आज २ अर्ब ७९ करोडको सेयर किनबेच भयो ।


नेपाल रि र हिमालयन डिष्टिलरीमा झुम्मिए लगानीकर्ता

नेपाल रिको मात्रै २८ करोड १० लाख रुपैयाँ र हिमालयन डिष्टिलरीको २५ करोड ३६ लाख रुपैयाँमाथिको शेयर किनबेच भएको छ ।

त्यसैगरी युनियन हाइड्रोपावरको १६ करोड ९७ लाख रुपैयाँ, सीईडीबी होल्डिङ्सको ९ करोड २१ लाख रुपैयाँ, हिमालयन रिको ९ करोड रुपैयाँ, युनाइटेड मोदी हाइड्रोपावरको ८ करोड १९ लाख रुपैयाँ, एनआरएनको ७ करोड ७ लाख रुपैयाँ, शिवम् सिमेन्टको ७ करोड रुपैयाँ, ग्लोबल आइर्एमई बैंकको ६ करोड ८४ लाख रुपैयाँ र सानिमा रिलायन्स लाइफको प्रोमोटर शेयरको ५ करोड ९९ लाख रुपैयाँमाथिको शेयर खरीद बिक्री भएको छ ।


आत्मनिर्भर लघुवित्त र हिमालयन पावर पार्टनरसहित १६३ कम्पनीको शेयरमूल्य बढ्यो

१६३ कम्पनीको मूल्य बढ्दा ७८ को घट्यो भने ८ को स्थिर रह्यो । अधिकांश सेक्टरका सूचक बढेका छन् । बैंकिङ ०.८७, फाइनान्स ०.५१, होटल तथा पर्यटन ०.७२, हाइड्रोपावर ०.७०, लगानी ०.७५, जीवन बीमा ०.३३, उत्पादन तथा प्रशोधन ०.९०, माइक्रोफाइनान्स ०.४७, अन्य १.१६ तथा व्यापार ०.९० प्रतिशत बढे । विकास बैंक ०.२१ र निर्जीवन बीमा समूह ०.३४ प्रतिशत घटे ।

आज आत्मनिर्भर लघुवित्त र हिमालयन पावर पार्टनरको मूल्य १० प्रतिशत बढ्यो । त्यस्तै भगवती हाइड्रोपावरको ९.८८, एसियन हाइड्रोपावरको ७.८० तथा अभियान लघुवित्तको ६.०१ प्रतिशत मूल्य बढ्यो ।