मोडिफाइड र ठूलो आवाज निकाल्ने १०० बढी बाइक ट्राफिक प्रहरी नियन्त्रणमा
ठूलो आवाज निकालेर समाजमा अराजकता फैलाएको भन्दै १०० भन्दा बढी मोटरसाइकल उपत्यका ट्राफिक प्रहरी कार्यालय नियन्त्रणमा लिएको छ ।
काठमाडौं । जेनजी प्रदर्शनपछि सडकमा फितलो रुपमा प्रस्तुत भएको ट्राफिक प्रहरी केहीदिन यता सक्रिय हुन थालेको छ ।
ट्राफिक प्रहरीले पहिला झै चेकिङ र सडकमा बाक्लो उपस्थिति देखाउन थालेको हो । आज ट्राफिक प्रहरीले काठमाडौं उपत्यकाको विभिन्न स्थानबाट मोटरसाइकलको स्वरूप वा संरचना परिवर्तन गरि ठूलो आवाज निकाल्ने बाइकहरु नियन्त्रणमा लिएर सार्वजनिकसमेत गरेको छ ।
ठूलो आवाज निकालेर समाजमा अराजकता फैलाएको भन्दै १०० भन्दा बढी मोटरसाइकल उपत्यका ट्राफिक प्रहरी कार्यालय नियन्त्रणमा लिएको छ । जेनजी प्रदर्शनका क्रममा यस्तै प्रकारका बाइकहरुले विभिन्न स्थानमा ठूलो आवाज निकाल्दै त्रास फैलाएको थियो ।