ओमोडा र जेइकुका गाडी कोरला नाकाबाट आउँदै, देशभर डेलिभरी सुरु हुने

विज्ञापन
ncell

नेपालमा ओमोडा र जेइकुको आधिकारिक वितरक एसपीजी अटोमोबाइल्स प्रालिले ओमोडा र जेइकुका नयाँ गाडीहरू मुस्ताङस्थित कोरला नाकाहुँदै सफलतापूर्वक पठाइएको जनाएको छ । नाकाबाट पठाइएका गाडीहरू अब देशभरका ग्राहकसम्म पुर्‍याउने प्रक्रिया सुरु भएको कम्पनीले जनाएको छ ।

काठमाडौं । नेपालमा ओमोडा र जेइकुको आधिकारिक वितरक एसपीजी अटोमोबाइल्स प्रालिले ओमोडा र जेइकुका नयाँ गाडीहरू मुस्ताङस्थित कोरला नाकाहुँदै सफलतापूर्वक पठाइएको जनाएको छ । नाकाबाट पठाइएका गाडीहरू अब देशभरका ग्राहकसम्म पुर्‍याउने प्रक्रिया सुरु भएको कम्पनीले जनाएको छ ।

हालै आएको विनाशकारी बाढीका कारण रसुवागढी नाकातर्फको सडक मार्गमा अवरोध उत्पन्न भएपछि ग्राहकलाई गाडी उपलब्ध गराउने प्रक्रियामा ढिलाइ नहोस् भन्ने उद्देश्यले वैकल्पिक मार्गका रूपमा कोरला नाका प्रयोग गरिएको कम्पनीले जनाएको छ । यससँगै देशभर गाडीको आपूर्ति तथा डेलिभरी प्रक्रियालाई निरन्तरता दिइएको कम्पनीको भनाइ छ ।

नाइमा मोबिलिटी एक्स्पो तथा नाडा अटो शो २०२६ मा ओमोडा र जेइकुका गाडीप्रति देखिएको उल्लेखनीय ग्राहक आकर्षण तथा बुकिङपछि नयाँ गाडीहरू छिट्टै ग्राहकलाई डेलिभरीका लागि उपलब्ध हुने कम्पनीले जनाएको छ । कम्पनीका अनुसार ओमोडा र जेइकुको उत्पादन पोर्टफोलियोमा आधुनिक डिजाइन, अत्याधुनिक प्रविधि, प्रिमियम कम्फर्ट तथा उन्नत सुरक्षा प्रविधिको संयोजन गरिएको छ । ओमोडा ई५ र ई५ प्रोमा १९१ एमएम ग्राउन्ड क्लियरेन्स, इलेक्ट्रिक सनरुफ, लेभल २।५ एडीएएस, भेन्टिलेटेड, हिटेड तथा मसाज सिट र प्रिमियम इन्टेरियरजस्ता सुविधा उपलब्ध छन् ।

त्यस्तै, जेइकु जे५ र जे५ प्रोमा १८५ एमएम ग्राउन्ड क्लियरेन्स, पानोरामिक मुनरुफ, ४८० लिटरको बुट स्पेस, १५.६ इन्चको सेन्ट्रल टचस्क्रिन तथा भेन्टिलेटेड सिटजस्ता सुविधा रहेको कम्पनीले जनाएको छ । यसैगरी, जेइकु जे६टीमा २२५ एमएमको ग्राउन्ड क्लियरेन्स, पानोरामिक सनरुफ, ४३१ किलोमिटरसम्मको रेन्ज, ६५.६९ किलोवाटआवर ब्याट्री तथा १३५ किलोवाटको मोटर रहेको छ । यी विशेषताले जे६टीलाई शहरी यात्रादेखि साहसिक तथा लामो दूरीको यात्राका लागि समेत उपयुक्त बनाउने कम्पनीको विश्वास छ ।