भन्सार छलेर ल्याइएका १० वटा इभी स्कुटर नियन्त्रणमा

विज्ञापन
ncell

भन्सार छलेर ल्याइएका १० वटा विद्युतीय स्कुटर नियन्त्रणमा लिइएको छ ।

वीरगन्ज (पर्सा) । भन्सार छलेर ल्याइएका १० वटा विद्युतीय स्कुटर नियन्त्रणमा लिइएको छ । जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक चक्रबहादुर मल्लका अनुसार चोरीपैठारी गरिएका ती स्कुटर गस्तीमा रहेको प्रहरी टोलीले नियन्त्रणमा लिएको हो ।

बरामद गरिएका स्कुटरको बजारमूल्य ८० लाख रहेको बताइएको छ । तिनलाई वीरगन्ज भन्सार कार्यालयमा बुझाइएको छ ।