अभिकर्ताहरूको आन्दोलनले गलायो हिमालयन लाइफका सीईओ कर्णलाई, दिए राजीनामा
केही दिनदेखी सिईओ कर्णको राजीनामा माग गर्दै कम्पनीका अभिकर्ताहरू आन्दोलनमा उत्रिएका थिए ।
काठमाडौं । हिमालयन लाइफ इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत (सीईओ) मनोज कुमार लाल कर्णले राजीनामा दिएका छन् । सोमबार कर्णले दिएको राजीनामा सञ्चालक समितिले स्वीकृत गरेको छ ।
केही दिनदेखी सिईओ कर्णको राजीनामा माग गर्दै कम्पनीका अभिकर्ताहरू आन्दोलनमा उत्रिएका थिए । साेको कारण सिईओ कर्णले राजीनामा दिएका हुन ।