मुक्तिनाथ कृषि कम्पनीको ८ प्रतिशत बोनस सेयर, त्यसपछि ६० प्रतिशत हकप्रद, बोलायो साधारणसभा
मुक्तिनाथ कृषिले चुक्ता पुँजीको ८ प्रतिशत बोनस सेयर र बोनस सेयर वितरणपछि कायम हुने चुक्तापुँजीको ६० प्रतिशत हकप्रद सेयर निष्काशन गर्ने घोषणा गरेको छ ।
काठमाडौं । मुक्तिनाथ कृषि कम्पनीले बोनस सेयर वितरणपश्चात हकप्रद सेयर निष्काशन गर्ने भएको छ।
कम्पनीको असोज २४ गते बसेको सञ्चालक समितिको बैठकले चुक्ता पुँजीको ८ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.४२ प्रतिशत नगद लाभांश वितरण गर्ने निर्णय गरेको हो । बोनस सेयर वितरणपछि कायम हुने चुक्तापुँजीको ६० प्रतिशत हकप्रद सेयर निष्काशन गर्ने घोषणा गरेको छ ।
कम्पनीले कात्तिक २१ गते शुक्रबार सिल्भर वक ब्यान्क्वेट काठमाडौँमा ७औं वार्षिक साधारणसभा बोलाएको छ। साधारणसभा तथा लाभांश वितरण प्रयोजनार्थ कम्पनीले कात्तिक १४ गते बुकक्लोज गर्ने भएको छ । यस अनुसार कात्तिक १३ गतेसम्म नेप्सेमा कारोबार भइ कायम सेयरधनीहरुले कम्पनीको साधारणसभामा सहभागिता जनाउन तथा कम्पनीले वितरण गर्ने लाभांश प्राप्त गर्न सक्नेछन् ।