रिभर फल्स पावरको हकप्रद शेयर भर्ने आज अन्तिम दिन
रिभर फल्स पावरले १ बराबर १ को अनुपातमा प्रतिकित्ता १०० रुपैयाँका दरले कुल ७० लाख कित्ता हकप्रद शेयर निष्कासन गरिरहेको छ ।
काठमाडौं । रिभर फल्स पावरले भदौ २३ गतेदेखि निष्कासन गरिरहेको हकप्रद सेयर भर्ने आज असोज २६ गते अन्तिम दिन रहेको छ ।
कम्पनीले १ बराबर १ को अनुपातमा प्रतिकित्ता १०० रुपैयाँका दरले कुल ७० लाख कित्ता हकप्रद शेयर निष्कासन गरिरहेको छ । यस हकप्रद सेयरमा साउन २२ गतेसम्म कायम सेयरधनीहरूले मात्रै आवेदन दिन सक्नेछन् ।
कम्पनीले आज साँझ बैंकिङ्ग समयपछि हकप्रद आवेदन लिने प्रक्रिया बन्द गरिने जानकारी दिएको छ । यसअघि असोज १३ गतेसम्म मात्रै आवेदन दिन पाउने भनिएकोमा म्याद थपेर असोज २६ गतेसम्म कायम गरिएको थियो ।
इच्छुक सेयरधनीले प्रभु क्यापिटलको कमलादीस्थित कार्यालय र प्रभु बैंकको बेशिशहर, पोखरा, वीरगंज, ईलाम, बुटवल, सुर्खेत र धनगढी शाखा कार्यालयका साथै मेरो शेयर प्रयोग गरी सजिलै आवेदन दिन सक्नेछन् । यसमा हकप्रद सेयर निष्कासन तथा बिक्री प्रबन्धकको काम प्रभु क्यापिटलले गरेको छ।