सानिमा बैंकको लाभांश सुरक्षित गर्ने अन्तिम दिन

साधारणसभाले हाल कायम चुक्ता पूँजीको ७.३६८५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेपछि सेयरधनीलाई लाभांस वितरणको बाटो खुल्नेछ ।

काठमाडौं । सानिमा बैंकको लाभांश सुरक्षित गर्ने अन्तिम दिन रहेको छ । साधारणसभा तथा लाभांश वितरण प्रयोजनार्थ बैंकले भोली अर्थात असोज २७ गते एक दिनका लागि बुकक्लोज गर्दैछ ।

यस अनुसार आजसम्म नेप्सेमा कारोबार भइ कायम शेयरधनीहरुले बैंकको साधारणसभामा सहभागिता जनाउन तथा बैंकले वितरण गर्ने लाभांश प्राप्त गर्न सक्नेछन् ।

बैंकले कात्तिक २ गते आइतबार आम्रपाली बैङ्क्वेट भाटभटेनी, काठमाडौँमा २१ औँ वार्षिक साधारणसभा बोलाएको छ । सो सभा बिहान १० बजे शुरु हुनेछ।

सभाले हाल कायम चुक्ता पूँजीको ७.३६८५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेपछि सेयरधनीलाई लाभांस वितरणको बाटो खुल्नेछ । साथै सभाले ८.२५ प्रतिशत सानिमा अबिमोच्य असञ्चिति अग्राधिकार शेयर जारी गर्ने, प्रबन्धपत्र तथा नियमावली संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने, संस्थापक समूहबाट प्रतिनिधित्व गर्ने ३ जना सञ्चालकको निर्वाचन गर्ने लगायतका प्रस्ताव पारित गर्ने कार्यसूची छ ।