श्रीनगर एग्रीटेकले असोज २६ देखि सर्वसाधारणमा आईपीओ जारी गर्ने
श्रीनगरले सर्वसाधारणलाई २५ लाख १० हजार ४९३ कित्ता जारी गर्न लागेको हो । श्रीनगरमा आवेदन दिंदा घटीमा १० कित्ताका लागि र बढीमा १० हजार कित्तासम्म माग गर्न सकिनेछ ।
काठमाडौं । श्रीनगर एग्रीटेक इन्डष्ट्रिजले असोज २६ गतेदेखि सर्वसाधारणका लागि प्राथमिक सार्वजनिक निष्काशन (आईपीओ) निष्कासन गर्ने भएको छ।
कम्पनीले प्रतिकित्ता १०० रुपैयाँका दरले कुल ३२ लाख ६२ हजार ५०० कित्ता आईपीओ जारी गर्ने अनुमति पाएकोमा वैदेशिक रोजगारीमा रहेकालाई ३ लाख ९ हजार ९३८ कित्ता र आयोजना प्रभावितलाई १ लाख ६३ हजार १२५ कित्ता आईपीओ बाँडफाँड गरिसकेको छ ।
अब कम्पनीले सामूहिक लगानी कोषलाई १ लाख ५४ हजार ९६९ कित्ता र कम्पनीका कर्मचारीलाई १ लाख २३ हजार ९७५ कित्ता आईपीओ सुरक्षित गरी सर्वसाधारणलाई २५ लाख १० हजार ४९३ कित्ता जारी गर्न लागेको हो ।
श्रीनगरमा आवेदन दिंदा घटीमा १० कित्ताका लागि र बढीमा १० हजार कित्तासम्म माग गर्न सकिनेछ । आवेदन दिने अन्तिम मिति असोज २९ गते छ । श्रीनगरको धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धको काम नबिल इन्भेष्टमेण्ट बैंकिङ्गले गर्नेछ।