झापा इनर्जीको आईपीओ बाँडफाँड: १७ लाख ८६ हजारको हात खाली, ६ भाग्यमानीलाई ११ कित्ता
४७ हजार ३३३ जनाले १० कित्ताका दरले कम्पनीको सेयरप्राप्त गरेका छन् । यसरी बाँडफाँट गर्दा शेष रहेको ६ कित्ता शेयर सोही लगानीकर्ताहरुमा एक कित्ताका दरले बाँडफाँड गरिएको छ ।
काठमाडौं । झापा इनर्जीको आईपीओ बाँडफाँड भएको छ । कम्पनीको सेयर निष्काशन तथा बिक्री प्रबन्धक हिमालयन क्यापिटलको कार्यालयमा आज बिहान आईपीओ बाँडफाँड भएको हो ।
कम्पनीले गत भदौ २० गतेदेखि सर्वसाधारणका लागि प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यका ४ लाख ७३ हजार ३३६ कित्ता सेयर बिक्री गरेको थियो । सो सेयरमा १८ लाख ६८ हजार १४१ जनाले २ करोड ३ लाख ५१ हजार ६७० कित्ता सेयरका लागि आवेदन परेको थियो । जसमध्ये १८ लाख ३३ हजार ७३८ आवेदन स्वीकृत भएका छन् भने बाँकी रद्द भएका छन् ।
मागभन्दा बढी आवेदन परेका कारण गोलाप्रथा प्रक्रियामार्फत कम्पनीको आईपीओ बाँडफाँट गरिएको छ । जसअनुसार ४७ हजार ३३३ जनाले १० कित्ताका दरले कम्पनीको सेयरप्राप्त गरेका छन् । यसरी बाँडफाँट गर्दा शेष रहेको ६ कित्ता शेयर सोही लगानीकर्ताहरुमा एक कित्ताका दरले बाँडफाँड गरिएको छ । जसअनुसार ६ जना आवेदकले ११ कित्ताका दरले कम्पनीको सेयर प्राप्त गरेका छन् ।