एनआईसी एसिया बैंकका ग्राहकलाई लन्डन ब्रिज गार्डेन रिसोर्टमा १० प्रतिशत छुट
यस सुविधाको उपयोग गर्न ग्राहकहरुले एनआईसीको डेबिट कार्ड, क्रेडिट कार्ड वा प्रिपेड कार्ड प्रयोग गरी वा मोबैंक एपमार्फत भुक्तानी गर्नुपर्ने छ ।
काठमाडौं । एनआईसी एसिया बैंकका ग्राहकहरुलाई नवलपरासीमा रहेको लन्डन ब्रिज गार्डेन रिसोर्टमा विशेष छुट उपलब्ध गराउने सम्बन्धमा रिसोर्ट र बैंकबीच सम्झौता सम्पन्न भएको छ ।
समझदारीसँगै एनआईसीका ग्राहकहरुले बर्दघाट, नवलपरासीमा रहेको उक्त रिसोर्टमा सेवा लिई डिजिटल भुक्तानी गर्दा १० प्रतिशत छुट प्राप्त गर्न सकिनेछ ।
यस सुविधाको उपयोग गर्न ग्राहकहरुले एनआईसीको डेबिट कार्ड, क्रेडिट कार्ड वा प्रिपेड कार्ड प्रयोग गरी वा मोबैंक एपमार्फत भुक्तानी गर्नुपर्ने छ ।
उक्त रिसोर्टसँगको यस सहकार्यले ग्राहकहरुलाई छुट सुविधा उपलब्ध हुनुको साथै, मुलुकको डिजिटल भुक्तानी सेवालाई प्रबर्द्धन गरी नगदरहित कारोबारमा सहयोग पुग्ने बैंकले विश्वास लिएको छ ।