एक लाख घुससहित गाउँपालिकाका लेखा अधिकृत पक्राउ
काठमाडौं । दैलेखको डुङ्गेश्वर गाउँपालिकामा कार्यरत लेखा अधिकृत (सातौं तह) टंकबहादुर कार्की एक लाख घुससहित पक्राउ परेका छन् ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोग, टंगाल र आयोगको सुर्खेत कार्यालयबाट खटिएको संयुक्त टोलीले कार्कीलाई एक लाख घुससहित पक्राउ गरेको हो ।
सेवाग्राहीसँग एक लाख रुपैयाँ घुस लिइसकेको अवस्थामा बिहीबार सुर्खेतको वीरेन्द्रनगर नगरपालिका–९, मंगलगढी चोकबाट सोमबार उनलाई नियन्त्रणमा लिइएको अख्तियारले जनाएको छ । कार्कीले डुङ्गेश्वर गाउँपालिकाको सडक स्तरोन्नति तथा निर्माण सम्पन्न भएपछि अन्तिम बिल भुक्तानी गर्ने क्रममा सेवाग्राहीसँग घुस मागेको भन्ने उजुरीका आधारमा कारबाही गरिएको अख्तियारका प्रवक्ता राजेन्द्र कुमार पौडेलले जानकारी दिए ।
जिल्ला दैलेख, डुङ्गेश्वर गाउँपालिकाका लेखा अधिकृत (सातौ तह) टंक बहादुर कार्की रु.१,००,०००।- घुस रकमसहित नियन्त्रणमा।
प्रेस विज्ञप्ति:- मिति २०८२।०६।०३ गते ।
----------------------------------------------------
जिल्ला दैलेख, डुङ्गेश्वर गाउँपालिकाका लेखा अधिकृत (सातौ तह) टंक बहादुर कार्कीले डुङ्गेश्वर गाउँपालिकाको सडक स्तरोन्नती तथा निर्माण सम्पन्न पश्चात अन्तिम बिल भुक्तानी गर्ने क्रममा सेवाग्राहीसँग घुस/रिसवत वापत रू.१,००,०००।– (एक लाख रुपैयाँ) माग गरेको भन्ने सूचना एवं उजुरी निवेदनका आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोग, टंगाल र अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय, सुर्खेतबाट खटिई गएको संयुक्त टोलीले निज लेखा अधिकृत टंक बहादुर कार्कीलाई सेवाग्राहीसँग रु.१,००,०००।–(एक लाख रुपैयाँ) घुस/रिसवत लिइसकेको अवस्थामा उक्त रकमसहित जिल्ला सुर्खेत, बिरेन्द्रनगर नगरपालिका वडा नं. ९, मंगलगडी चोकबाट मिति २०८२।०६।०२ गते नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको छ ।
प्रवक्ता
राजेन्द्र कुमार पौडेल