नर्भिक हस्पिटलले आइपीओ ल्याउने, विक्री प्रवन्धक बन्यो लक्ष्मी सनराइज क्यापिटल

नर्भिक इन्टरनेशनल हस्पिटलले सर्वसाधारणका लागि २५ लाख कित्ता साधारण सेयर निष्काशन गर्न लागेको छ ।

काठमाडौं । नर्भिक इन्टरनेशनल हस्पिटलले सर्वसाधारणका लागि २५ लाख कित्ता साधारण सेयर निष्काशन गर्न लागेको छ ।

आईपीओ निष्कासन गर्न लागेको कम्पनीले बिक्री प्रबन्धकमा लक्ष्मी सन्राइज क्यापिटललाई नियुक्त गरेको छ । सम्झौतामा नर्भिक इन्टरनेशनल हस्पिटलका तर्फबाट प्रमुख कार्यकारी अधिकृत अजय कुमार मिश्र र लक्ष्मी सन्राइज क्यापिटलका तर्फबाट प्रमुख कार्यकारी अधिकृत बिजय लाल श्रेष्ठले हस्ताक्षर गरे ।

नर्भिक इन्टरनेशनल हस्पिटल सन् १९९३ मा ३० शैयाको सामान्य सुविधाको रुपमा आफ्नो यात्रा सुरु गरिको थियो । अहिले २०० शैयाको बहु–विशेषज्ञ अस्पतालको रुपमा सञ्चालनमा छ ।