संसद् भवन अगाडि जेनजी आन्दोलनका सहिदहरूकाे सम्झनामा दीप प्रज्वलन
सहिदहरूको बलिदान कहिल्यै व्यर्थ हुने छैन । जनताको अधिकार र न्यायपूर्ण नेपाल निर्माण हाम्रो कर्तव्य हो ।
काठमाडौँ । गत हप्ता भएको जेनजी आन्दोलनको समयमा ज्यान गुमाएका सहिदको सम्झनामा संसद् भवन अगाडि दीप प्रज्वलन गरिएको छ ।
बुधबार संसद् भवन अगाडि आन्दोलनको क्रममा ज्यान गुमाएकाहरूको सम्झनामा मैनबत्ती बालेर श्रद्धाञ्जली अर्पण गरिएको हो ।
सहभागीहरूले पाँच मिनेट मौन धारण समेत गरेका थिए । “सहिदहरूको बलिदान कहिल्यै व्यर्थ हुने छैन । जनताको अधिकार र न्यायपूर्ण नेपाल निर्माण हाम्रो कर्तव्य हो” भन्ने नारा सहित उनीहरूले मैनबत्ती बालेका थिए ।