अमेरिकी डलर र पाउन्डको भाउ घट्दा युरो बढ्यो, यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर
आज १ अमेरिकी डलरको खरिद दर १४०.५९ रुपैयाँ रहँदा बिक्री दर १४१.१९ रुपैयाँ छ । बिहीबार १ अमेरिकी डलरको खरिद दर १४०.८४ रुपैयाँ रहँदा बिक्री दर १४१.४४ रुपैयाँ थियो ।
काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । बुधबार अमेरिकी डलर र बेलायती पाउन्ड स्टर्लिङको भाउ घट्दा युरोपियन युरो बढेको छ । आज १ अमेरिकी डलरको खरिद दर १४०.५९ रुपैयाँ रहँदा बिक्री दर १४१.१९ रुपैयाँ छ । बिहीबार १ अमेरिकी डलरको खरिद दर १४०.८४ रुपैयाँ रहँदा बिक्री दर १४१.४४ रुपैयाँ थियो ।
यस्तै, १ युरोको खरिद दर आज १६५.९४ रुपैयाँ कायम भएको छ । बिक्री दर १६६.६५ रुपैयाँ छ। बिहीबार १ युरोको खरिद दर १६५.६१ रुपैयाँ र बिक्री दर १६६.३१ रुपैयाँ थियो । आज १ पाउन्ड स्टर्लिङको खरिद दर १९१.६७ रुपैयाँ र बिक्री दर १९२.४८ रुपैयाँ रहेको छ । हिजो १ पाउन्ड स्टर्लिङको खरिद दर १९१.७५ रुपैयाँ र बिक्री दर १९२.५७ रुपैयाँ थियो ।
राष्ट्र बैंकका अनुसार आज स्वीस फ्रयाङ्क एकको खरिददर १७७ रुपैयाँ ६७ पैसा र बिक्रीदर १७८ रुपैयाँ ४३ पैसा कायम गरिएको छ ।
अष्ट्रेलियन डलर एकको खरिददर ९३ रुपैयाँ ७५ पैसा र बिक्रीदर ९४ रुपैयाँ १५ पैसा निर्धारण भएको छ । क्यानेडियन डलर एकको खरिददर १०२ रुपैयाँ १७ पैसा र बिक्रीदर १०२ रुपैयाँ ६१ पैसा तथा सिङ्गापुर डलर एकको खरिददर १०९ रुपैयाँ ९७ पैसा र बिक्रीदर ११० रुपैयाँ ४४ पैसा तोकिएको छ ।
जापानी येन १० को खरिददर नौ रुपैयाँ ५६ पैसा र बिक्रीदर नौ रुपैयाँ ६० पैसा तथा चिनियाँ युआन एकको खरिददर १९ रुपैयाँ ७६ पैसा र बिक्रीदर १९ रुपैयाँ ८४ पैसा छ । साउदी अरेबियन रियाल एकको खरिददर ३७ रुपैयाँ ४८ पैसा र बिक्रीदर ३७ रुपैयाँ ६४ पैसा तथा कतारी रियाल एकको खरिददर ३८ रुपैयाँ ५७ पैसा र बिक्रीदर ३८ रुपैयाँ ७३ पैसा कायम भएको छ । केन्द्रीय बैंकका अनुसार थाइ भाट एकको खरिददर चार रुपैयाँ ४३ पैसा र बिक्रीदर चार रुपैयाँ ४५ पैसा तथा युएई दिराम एकको खरिददर ३८ रुपैयाँ २८ पैसा र बिक्रीदर ३८ रुपैयाँ ४४ पैसा तोकिएको छ ।
मलेसियन रिङ्गेट एकको खरिददर ३३ रुपैयाँ ४३ पैसा र बिक्रीदर ३३ रुपैयाँ ५८ पैसा तथा साउथ कोरियन वन १०० को खरिददर १० रुपैयाँ १७ पैसा र बिक्रीदर १० रुपैयाँ २१ पैसा छ । स्वीडिस क्रोनर एकको खरिददर १५ रुपैयाँ १८ पैसा र बिक्रीदर १५ रुपैयाँ २५ पैसा तथा डेनिस क्रोनर एकको खरिददर २२ रुपैयाँ २३ पैसा र बिक्रीदर २२ रुपैयाँ ३२ पैसा तोकिएको छ ।
राष्ट्र बैंकले हङकङ डलर एकको खरिददर १८ रुपैयाँ ०७ पैसा र बिक्रीदर १८ रुपैयाँ १४ पैसा छ । कुवेती दिनार एकको खरिददर ४६० रुपैयाँ ६८ पैसा र बिक्रीदर ४६२ रुपैयाँ ६४ पैसा तोकिएको छ । बहराइन दिनार एकको खरिददर ३७२ रुपैयाँ ९० पैसा र बिक्रीदर ३७४ रुपैयाँ ४९ पैसा तोकिएको छ । यसैगरी ओमनी रियाल एकको खरिददर ३६५ रुपैयाँ १५ पैसा र विक्रीदर ३६६ रुपैयाँ ७१ पैसा रहेको छ ।
भारतीय रुपैयाँ एक सयको खरिददर १६० रुपैयाँ र बिक्रीदर १६० रुपैयाँ १५ पैसा तोकेको छ । राष्ट्र बैंकले यो विनिमय दरलाई आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ । वाणिज्य बैङ्कले तोक्ने विनिमय दर भने फरक हुनसक्ने र अद्यावधिक विनिमय दर केन्द्रीय बैङ्कको वेबसाइटमा उपलब्ध हुने जनाइएको छ ।