पार्टी कार्यालयमा धेरै क्षति पुगेछ, छिट्टै नयाँ भवन बनाइन्छः प्रचण्ड

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल प्रचण्ड पार्टीको काममा फर्किएका छन् । क्षतिग्रस्त पार्टी कार्यालयको अवलोकनपछि धेरै क्षति पुगेको भन्दै अब छिट्टै नयाँ भवन बनाउने बताए ।

उनले भने, ‘पार्टी कार्यालयमा ठूलो क्षति भएको देख्यौँ । तर पार्टीको माइन्युटहरु बचेको भन्ने कुरा सुनेँ । केही कम्प्युटर र लाइबेरी पनि बचेको रहेछ । त्यो बचाउन भूमिका खेल्ने साथीहरूलाई धन्यवाद दिन्छु । युवा साथीहरूले दुई दिनमै सफाइ गरिसक्नुभएको रहेछ । क्षति पुग्यो अब पार्टीको नयाँ कार्यालय भवन सिङ्गो पार्टीपंक्तिको सहयोगमा बनाइनेछ ।’