अन्तरिम सरकारको पहिलो मन्त्रिपरिषद् बैठक सुरु

काठमाडौं । सुशीला कार्की नेतृत्व सरकारको पहिलो मन्त्रिपरिषद्को बैठक सुरु भएको छ। सिंहदबारमा केही समयअघिदेखि बैठक सुरु भएको हो ।

जेनजी आन्दोलनले केपी ओली नेतृत्वको सरकार ढलेपछि कार्की नेतृत्वमा अन्तरिम सरकार गठन भएको हो । कार्की नेतृत्वको सरकार तीन मन्त्रीले आजै शपथ लिएर पदभार ग्रहण गरेका थिए । कार्कीले अर्थमन्त्रीमा रामेश्वर खनाल, गृहमन्त्रीमा ओमप्रकाश अर्याल र ऊर्जा मन्त्रीमा कुलमान घिसिङ मन्त्री छन् ।

अर्यालले गृहसहित कानुन र घिसिङले ऊर्जासहित भौतिक पूर्वाधार र सहरी विकास मन्त्रालयको समेत जिम्मेवारी दिइएको छ ।