विद्युत् प्राधिकरणको वक्यौता रकम उठाउने ऊर्जामन्त्री घिसिङको पहिलो निर्णय

काठमाडौं । नवनियुक्त ऊर्जामन्त्री कुलमान घिसिङले पदभार ग्रहण गरेका छन् । सोमबार पदभार ग्रहण गर्दै ऊर्जामन्त्री घिसिङले पहिलो निर्णयसमेत गरेका छन् । मन्त्री घिसिङले विद्युत् प्राधिकरणको वक्यौताबापतको रकम उठाउने पहिलो निर्णय गरेका छन् । साथै ऊर्जामन्त्री घिसिङले खादा-माला तथा अबिर केही पनि नलिने घोषणासमेत गरेका छन् ।