सुदन गुरुङको समूहद्वारा आफैंले खुट्टा ढोगेका प्रधानमन्त्री कार्कीको राजीनामा माग्दै मध्यराति बालुवाटारमा प्रदर्शन

विज्ञापन
ncell

भदौ २३ गते जेन्जी आन्दोलन हुँदै गर्दा आफूहरु स्वयंसेवकको रुपमा रहेको प्रतिक्रिया दिएका गुरुङले नेपाली सेनाले वार्ता बोलाएपछि भने आफू असली जेन्जी नेता भएको भन्दै सम्पर्कमा पुगेका थिए । तिनै गुरुङको समूहले प्रधानमन्त्रीमा कार्कीलाई सिफारिस गरेको थियो ।

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीको राजीनामा माग्दै सुदन गुरुङको समूहले प्रधानमन्त्री निवास बालुवाटार अगाडि नाराबाजी गरेको छ ।

मन्त्री छनोटप्रति असन्तुष्टि जनाउँदै युवाहरुले मध्यराति बालुवाटार पुगेर नाराबाजी गरेका हुन् ।

गुरुङ तिनै व्यक्ति हुन् जसले शुक्रबार कार्कीले प्रधानमन्त्रीको सपथ लिएपछि खुट्टा ढोगेका थिए । सञ्चारकर्मीको प्रश्नपछि आफूलाई विनास्वार्थ खुट्टा ढोग्ने भाव पैदा भएको प्रतिक्रिया दिएका थिए । 

गुरुङले आइतबार रिपोटर्स क्लवमा आयोजित पत्रकार सम्मेलनमा समेत भाँडभैलो भएको थियो । भदौ २३ गते जेन्जी आन्दोलन हुँदै गर्दा आफूहरु स्वयंसेवकको रुपमा रहेको प्रतिक्रिया दिएका गुरुङले नेपाली सेनाले वार्ता बोलाएपछि भने आफू असली जेन्जी नेता भएको भन्दै सम्पर्कमा पुगेका थिए । तिनै गुरुङको समूहले प्रधानमन्त्रीमा कार्कीलाई सिफारिस गरेको थियो । 

नाराबाजीको क्रममा उनीहरुले प्रधानमन्त्री कार्कीको राजीनामा समेत मागे । जेनजी आन्दोलनको क्रममा मृत्यु भएकाका परिवारका सदस्य समेतले गुरुङको उपस्थितिमा ‘प्रधानमन्त्री राजीनामा दे’, ‘मुर्दामाथि राजनीति नगर’ लगायतका नारा लगाएका थिए ।

बालुवाटारस्थित प्रधानमन्त्री निवासको तीन नम्बर गेट अगाडि गुरुङले ‘सबसे पावरफुल नेपाली जनता हो । कसैले हामीलाई रोक्न सक्दैन । जुन ठाउँमा लगेर हामीले राखेका छौं, त्यो ठाउँबाट थुतेर निकालिदिन्छु ’ भनेका छन् ।

अर्थमन्त्रीमा पूर्वअर्थसचिव समेत रहेका अर्थविज्ञ रामेश्वर खनाल,  विद्युत प्राधिकरणका पूर्व कार्यकारी प्रमुख उर्जा, भाैतिक पुर्वाधार र शहरी विकास मन्त्रीमा कुलमान घिसिङ तथा कानुन मन्त्रीमा काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) को कानुनी सल्लाहकार ओम प्रकाश अर्याल नियुक्त भएको चर्चापछि गुरुङ समूह आक्रोसित भएको छ ।। उनीहरुले प्रधानमन्त्री कार्कीले जेन्जीको भावना प्रतिकुल निर्णय गर्न खोजेको भन्दै नारावाजीमा उत्रिएको हो ।