रामेश्वर खनाल अर्थमन्त्री !
चालू बजेटमा सोही आयोगले दिएका धेरै सुझावहरु कार्यान्वयनमा लगिने उद्घोष गरिएको थियो । तर, बीचमै सरकार परिवर्तन भएपछि अब के होला र कस्तो अर्थमन्त्री आउला भनेर सर्वत्र चासो बढिरहका बेला खनालको नाम अघि आएको हो ।
पुर्वअर्थसचिव रामेश्वर खनाल भावी अर्थमन्त्री बन्ने गरि बहस सुरु भएको छ । खासगरि मन्त्री छनोट गर्ने क्रममा जेन–जी समूहले पुर्वअर्थसचिव खनाललाई अघि सारेको छ । प्रधानमन्त्री शुसिला कार्कीलेसमेत खनालका नाममा सहमित जनाएकी छन् ।
शुक्रबार प्रधानमन्त्री कार्कीले सपथ ग्रहण गरेपनि आइतबार मात्र पदवहाली गरेकी थिइन । तर, अझै कति सदस्यीय मन्त्री मण्डल बन्ने र को को मन्त्री बन्ने भन्ने तय भएको छैन ।
जेन–जी आन्दोलनका कारण कांग्रेस–एमालेको दुई तिहाइ बहुमतको सरकार ढलेपछि पूर्वप्रधानन्यायाधीश कार्कीको नेतृत्वमा बनेको सरकारमा खनाल अर्थमन्त्री बन्ने चर्चा सुरु भएको हो । तत्कालीन अर्थमन्त्री भरतमोहन अधिकारीसँग कुरा नमिलेपछि अर्थसचिवबाट राजीनामा दिएर बाहिरिएका खनाललाई अर्थतन्त्रको विषयमा मिहिन ज्ञान छ ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उपाध्यक्ष डा स्वर्णिम वाग्लेले पनि कठिन परिस्थितिमा खनाल अर्थमन्त्रीको उपयुक्त पात्र भएको फेसबुकमार्फत आफ्नो धारणा सार्वजनिक गर्ने क्रममा बताएका छन् । ३१ वर्ष निजामति सेवा विताएका खनालले १६ वर्ष शिक्षण पेशामा विताए ।
केही समयअघि मात्रै उच्चस्तरीय आर्थिक सुधार सुझाव आयोगको संयोजक (अध्यक्ष) को जिम्मेवारी सम्हालेका थिए । चालू बजेटमा सोही आयोगले दिएका धेरै सुझावहरु कार्यान्वयनमा लगिने उद्घोष गरिएको थियो । तर, बीचमै सरकार परिवर्तन भएपछि अब के होला र कस्तो अर्थमन्त्री आउला भनेर सर्वत्र चासो बढिरहका बेला खनालको नाम अघि आएको हो ।
पारदर्सिता र जवाफदेहीतामा विश्वास गर्ने पूर्व अर्थसचिव खनाल सार्वजनिक खरिद, कर नीति र प्रशासनमा दख्खल राख्छन् । खनालले नेपाल राष्ट्र बैंकको सञ्चालक, कृषि विकास बैंकको अध्यक्षका साथै राष्ट्रिय वाणिज्य बैंक, नेपाल टेलिकम र नेपाल एअरलाइन्समा समेत सञ्चालक भएर काम गरेका छन् । एसियाली विकास बैंक र विश्व बैंकमा वैकल्पिक गभर्नरका रुपमा क्रियासिल भएका खनाल नेपाल चार्टर्ड एकाउटेण्ट्स संस्था (आइक्यान) को कार्यकारी समितिमा समेत काम गरेका थिए ।
