पुँजीबजार खुलाउन नेप्सेले सरोकारवाला निकायसँग छलफल गर्ने तयारी

काठमाडौँ । देशको अवस्था क्रमशः सामान्यतर्फ उन्मुख हुँदै गएसँगै नेप्सेले पुँजीबजार सञ्चालनबारे पहल थालेको छ । बदलिँदो परिस्थितिलाई ध्यानमा राख्दै सेयर कारोबार खोल्ने सम्भावनाबारे नेप्सेले सरोकारवाला निकायहरूसँग छलफल गर्ने तयारी गरेको हो ।

यसअघि असोज २ गते बिहीबारसम्म बजार बन्द गर्ने निर्णय गरिएको थियो। तर, पछिल्लो अवस्थालाई मध्यनजर गर्दै नेप्सेले तोकिएको मितिभन्दा अगावै कारोबार सुचारु गर्ने विकल्पबारे पनि विचारविमर्श गर्न लागेको हो ।

सेयर कारोबार पुनः सञ्चालनका लागि प्रत्यक्ष संलग्न संस्थाहरू जस्तै सीडीएस एण्ड क्लियरिङ्ग, दलाल कम्पनीहरू र मर्चेन्ट बैंकिङ कम्पनीहरूलाई छलफलमा सहभागी गराइने बताइएको छ ।