विश्वविद्यालय बन्द भएपनि विद्यालयमा भोलीदेखी पठनपाठन हुने, काठमाडौ महानगरसहितका धेरैले दिए सूचना

विज्ञापन
ncell

यसअघि त्रिभुवन विश्वविद्यालयले एक सूचना जारी गर्दै कात्तिक १० गतेसम्मका लागि विश्वविद्यालयको पठनपाठन बन्द भएको जनाएको थियो । विद्यालयमा यो साता मात्रै पठनपाठन हुनेछ किनभने अर्को हप्ताबाट कम्तिमा दुई साता दसैं विदा हुनेछ ।

काठमाडौं । जेनजी आन्दोलनले ठप्प बनेका काठमाडौं लगायत देशभरका शैक्षिक संस्थाहरू भोलिबाट खुल्न थाल्ने भएका छन् । काठमाडौं महानगरपालिकाले भोलिबाट विद्यालय खोल्न र पर्सिबाट पठनपाठन सुचारु गर्न निर्देशन दिएको हो ।

काठमाडौंबाहिर कतिपय स्थानीय तहहरूले भने भोलिबाटै पठनपाठन सुचारु गर्न निर्देशन दिएका छन् । काठमाडौंको टोखा नगरपालिकाले पनि मातहतका विद्यालयहरूलाई भोलिबाटै पठनपाठन सुचारु गर्न भनेको छ ।