कालिञ्चोक इन्भेष्टमेन्ट कम्पनीले आईपीओ निष्काशन गर्ने, बिक्री प्रबन्धकमा नबिल इन्भेष्टमेण्ट बैंकिङ नियुक्त

जारी पूँजी ८० करोड रुपैयाँ रहेको कालिन्चोक इन्भेष्टमेन्ट कम्पनीले जारी पूँजीको ३० प्रतिशत सेयर सर्वसाधारणमा निष्काशन गर्ने छ ।

काठमाडौं : कालिञ्चोक इन्भेष्टमेन्ट कम्पनी लिमिटेडले आईपीओ निष्काशन गर्ने भएको छ ।

कम्पनीले सेयर निष्काशन कार्यका लागि शेयर निष्काशन तथा बिक्री प्रबन्धकको रुपमा नबिल इन्भेष्टमेण्ट बैंकिङलाई नियुक्त गरेको छ ।  

जारी पूँजी ८० करोड रुपैयाँ रहेको कालिन्चोक इन्भेष्टमेन्ट कम्पनीले जारी पूँजीको ३० प्रतिशत सेयर  सर्वसाधारणमा निष्काशन गर्ने छ । 

सोमबार भएको सम्झौतामा कालिन्चोकको तर्फबाट अध्यक्ष बालकृष्ण शिवाकोटी तथा नबिल इन्भेष्टमेन्ट बैंकिङका तर्फबाट प्रमुख कार्यकारी अधिकृत मनिषनारायण जोशीले हस्ताक्षर गरे ।