खानीखोला हाइड्रोपावरको शतप्रतिशत हकप्रद शेयरमा आवेदन दिने अवधि थप
खानीखोला हाइड्रोपावर कम्पनीले भदौ ३ गतेदेखि निष्काशन तथा बिक्री खुला गरेको हकप्रद शेयरमा आवेदन दिन अवधि थप गरेको छ। कम्पनीको १०० प्रतिशत हकप्रद शेयरमा अब भदौ ३१ गतेसम्म आवेदन दिन सकिनेछ । हकप्रद शेयर निष्काशन प्रयोजनार्थ कम्पनीले असार २७ गते बुकक्लोज गरेको थियो। यस अनुसार असार २६ गतेसम्म नेप्सेमा कारोबार भइ कायम शेयरधनीहरुले सो हकप्रद शेयरका लागि आवेदन दिन सक्नेछन्। कम्पनीको हकप्रद शेयरमा भदौ २३ गतेसम्म आवेदन दिन सकिनेछ ।