लगातार बढिरहेकाे सुनकाे मूल्य प्रतिताेला ४०० रूपैयाँ घट्याे

नेपाली बजारमा सुन र चाँदीको मूल्य घटेको छ। पछिल्ला दिनहरुमा निरन्तरजसो नयाँ रेकर्ड बनाइरहेको सुन र चाँदीको मूल्य, आज घटेको हो ।

नेपाल सुनचाँदी व्यवसायी संघका अनुसार छापावाल सुन प्रतितोला २ लाख ११ हजार ६ सय रुपैयाँमा कारोबार भइरहेको छ। आइतबारको तुलनामा आज सुन प्रतितोला ४ सय रुपैयाँ घटेको हो। आइतबारको बजारमा यस्तो सुन प्रतितोला २ लाख १२ हजार रुपैयाँमा कारोबार भएको थियो ।

चाँदीको मूल्य तोलामा २५ रुपैयाँ घटेको छ। बुधबार तोलाको २ हजार ५ सय रुपैयाँमा कारोबार भएको चाँदी, आज २ हजार ४ सय ७५ रुपैयाँमा कारोबार भइरहेको छ।