एभरेष्ट बैंकले २० प्रतिशत लाभांश दिने, गत वर्षभन्दा बढ्यो
काठमाडौं । एभरेष्ट बैंकले बम्पर लाभांश घोषणा गरेको छ । बैंकले गत आर्थिक वर्षसम्मको सञ्चित मुनाफाबाट चुक्तापुँजीको २० प्रतिशत लाभांश घोषणा गरेको हो ।
प्रस्तावित लाभांशमध्ये १४ प्रतिशत नगद (बोनस सेयरमा लाग्ने कर प्रयोजनसहित) र ६ प्रतिशत बोनस सेयर दिइनेछ । बैंकको बिहीबार अपराह्न बसेको सञ्चालक समिति बैठकले गरेको निर्णय नेपाल राष्ट्र बैंकको स्वीकृति र साधारणसभाले अनुमोदन गरेपछि सेयरधनीलाई वितरण हुनेछ ।
बैंकले गत वर्ष १० प्रतिशत बोनस सेयर र ५.५३ प्रतिशत नगद लाभांस दिएको थियो ।