एनएमबि बैंकका कार्डवाहकहरूले बेस्ट वेस्टर्न प्लस होटलमा २० प्रतिशतसम्म छुट

काठमाडौं । एनएमबि बैंक र बेस्ट वेस्टर्न प्लस काठमाडौं होटलबीच साझेदारी भएको छ । साझेदारीसँगै एनएमबि बैंकका कार्डवाहकहरूले बेस्ट वेस्टर्न प्लस काठमाडौं होटलमा कोठा बुकिङ गर्दा २० प्रतिशत छुट पाउनेछन् ।

सम्झौतापछि एनएमबिका ग्राहकहरु तथा कर्मचारीहरुको बसाइ अझ किफायती र सहज हुने बैंकले जनाएको छ । साथै, बैंकका आफ्ना ग्राहकहरु तथा कर्मचारीहरुले होटलका प्रख्यात रेस्टुरेन्टहरू, सनराइज क्याफे र ला भिस्टा रुफटप क्याफेमा खाना, बेकरीका सबै सामान तथा होटलको स्विमिङ पूल प्रयोगमा १० प्रतिशत छुट पनि प्राप्त गर्नेछन् ।

एनएमबिले देशभर २०२ शाखाहरु, १८७ एटिएमहरु र ९ एक्सटेन्सन काउन्टरहरु मार्फत उच्चस्तरीय सेवा प्रदान गदै आइरहेको छ ।