गोंगबुका विनोदकुमार श्रेष्ठको घरबाट बरामद रकम ४ करोड २५ लाख, सुन ९ किलो, चाँदी ३ किलो

काडमाडौं । आफ्नै घरमा लुकाएर राखिएको अवस्थामा प्रहरीले बरामद गरेकाे रकम ४ करोड २५ लाख रहेको पुष्टि भएको छ ।

मंगलबार साँझ प्रहरीले छापा हानेर रकम बरामद गरेको थियो । ठूलो मात्रामा रकम भेटिएपछि बैंकबाट मेसिन मगाएर गन्दा ४ करोड २५ लाख रकम रहेको खुलेको काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरीका एसएसपी शेखर खनालले बताए ।

त्यसैगरी सुनका विभिन्न गरगहनाहरु ९ किलो ८ सय ३७ ग्राम बरामद भएको छ । ३ किलो २ सय १८ ग्राम चाँदीका गरगहना बरामद भएका छन् । उक्त रकम, सुनचाँदीसहित प्रहरीले गोरखाको गोरखा बजारका ७७ वर्षीय विनोदकुमार श्रेष्ठलाई पक्राउ गरेको थियो । उनलाई जिल्ला प्रहरी परिसर काठमाडौंबाट थप अनुसन्धान प्रक्रिया अघि बढाइएको छ । उक्त रकम र सुनचाँदसहित पक्राउ परेका व्यक्ति मिटरब्याजी रहेको प्रहरीले दाबी गरेको छ ।