बन्दीपुर केवलकारको आईपीओमा ४ लाख ३४ हजार बन्नेछन् भाग्यमानी, २० लाख ७८ हजारको हात खाली
काठमाडौं । बन्दीपुर केवलकार एण्ड टुरिजम लिमिटेडको आईपीओमा २० लाख ७८ हजार १४ जनाको हात रित्तो हुने भएको छ । कम्पनीको आईपीओमा २५ लाख १२ हजार १२२ जनाले २ करोड ९८ लाख ६९ हजार ४४० कित्ता बराबरको २ अर्ब ९८ करोड ६९ लाख ४४ हजार रुपैयाँको आवेदन परेको हो । त्यसकध्ये ४ लाख ३४ हजार १०८ जनाले १०–१० कित्ताका दरले सेयर हात पार्नेछन् ।
कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ मूल्यका दरले कुल ५८ लाख ६० हजार कित्ता आईपीओ निष्कासन गर्न नेपाल धितोपत्र बोर्डबाट गत असार २९ गते अनुमति पाएको थियो । अनुमति पाएपछि कम्पनीले पहिलो चरणमा आयोजना प्रभावित स्थानीय बासिन्दाहरूलाई ५ लाख ६६ हजार कित्ता र नेपाल सरकारबाट श्रम स्वीकृति लिएर विदेशमा रोजगारीका लागि गएका नेपालीहरूलाई ५ लाख २९ हजार ४०० कित्ता आईपीओ निष्कासन गरी बाँडफाँड समेत गरिसकेको छ।